प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छः नेता ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

काठमाडौँ, ३ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधनप्रति समवेदना एवम् दुःख व्यक्त गरेका छन्। उनले प्रकाश दाहालको असामयिक निधनको खबरले मर्माहत बनाएको सामाजिक सञ्जाल ट्वीटर मार्फत बताएका छन्।

उनले लेखेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।