लमजुङमा बम फेला, नेपाली सेनाद्वारा बम निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

लमजुङ, २ मंसिर। शनिबार बिहान लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा कित्ली बम फेला परेको छ। नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ ।

स्थानीयले बिहान करिब ७ बजे उक्त बम देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनभित्र राखिएको कित्ली बमलाई नेपाली सेनाको डिष्फोजल टोलीले शनिबार बिहान साढे १० बजेतिर निष्क्रिय गरेको हो ।

उक्त बम कांग्रेस पार्टी कार्यालयबाट करीब ५०, ६० मिटरको दुरीमा पर्छ । उक्त क्षेत्र वरपर सरकारी कार्यालय पनि रहेका छन् । बेंसीसहरमा शनिबार हुन लागेको आमसभा बिथोल्न राखिएको हुनसक्ने कांग्रेस नेता तथा कार्यकर्ताले दाबी गरेका छन्।