आफ्नो आदेश रोकिएपछि ट्रम्प पुगे अदालत, आप्रवासीबारे अब के हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

आफ्नो आदेश रोकिएपछि ट्रम्प पुगे अदालत, आप्रवासीबारे अब के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अदालतको फैसला विरुद्व अपिल दर्ता, आफ्नो कार्यकारी आदेश देशको सुरक्षाका लागि भएको जिकीर

आफ्नो आदेश रोकिएपछि ट्रम्प पुगे अदालत

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने अदालतको फैसला विरुद्ध अपिल दर्ता गर्नुभएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आदेश निलम्बित गर्ने सम्बन्धी सिएटल अदालतका न्यायाधीशको फैसला विरुद्ध अपिल दर्ता गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

वासिङ्टन राज्यको सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार अबेर ट्रम्पको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गर्नु भएको थियो ।

न्याय मन्त्रालयले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश देशको सुरक्षाका लागि गरिएको भन्दै त्यसलाई निलम्बित गर्न नहुने माग गर्दै अपिल दर्ता गरेको हो ।

न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्प, होमल्याण्ड सेम्युरिटी मन्त्री जोन केली र विदेश मन्त्री रेक्स टिल्लर्सनको तर्फबाट अपिल दर्ता गरेको हो ।

सिएटलका न्यायाधीशले राष्ट्रपतिको आदेश निलम्बित गरेपछि विभिन्न ठाउँमा रोकिएका मानिस अमेरिका प्रवेश गर्न थालेका छन् ।

विदेश मन्त्रालयले राष्ट्रपतिको निर्देशनपछि रद्द गरेका ६० हजार भन्दा धेरै भिसा फेरि जारी गर्न थालेको छ ।

ट्रम्पको विरोध तथा अदालतको फैसलाको पक्षमा अमेरिकाको वासिङ्टन, मायामीसहितका शहरमा प्रदर्शन भइरहेको छ । यस्तै पेरिस, बर्लिन, लण्डनसहितका बेलायती शहरमा पनि प्रदर्शन भइरहेको छ ।

Leave a Reply