१८ माघ, काठमाडौं । क्यानाडाको क्वेबेक शहरस्थित मस्जिदमा गरिएको हमलामा संलग्न भएको आशंकामा दुई किशोर पक्राउ परेका छन् ।
आइतबार बेलुका भएको मस्जिद हमलामा संलग्न रहेको भन्दै क्यानेडेली प्रहरीले मंगलबार २७ वर्षिय एलेक्जेन्डर बिसोनेट र मोहम्मद खादिरलाई पक्राउ गरेको हो । उनीहरुलाई ६ जनाको ज्यान लिएको र ५ जना माथि हत्याको प्रयास गरिएको आरोप छ । विसोनेटलाई सिटि कोर्टमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
आक्रमण भएको उक्त समयमा नमाज पढ्नका लागि मस्जिदमा ५० जना सर्वसाधारणको उपस्थिति रहेको थियो । एलेक्जेन्डर स्वयमले क्वेबेक प्रहरीलाई फोन गरि आफू उक्त आक्रमणमा संलग्न रहेको स्वीकार गरेका थिए । स्थानीय संचार माध्यमका अनुसार एलेक्जेन्डर राजनीतिक विज्ञान र मानवशास्त्र विषयमा अध्ययनरत छात्र हुन ।




