सप्तरी, २९ कार्तिक । रोजगारीका क्रममा सप्तरीबाट मलेसिया पुगेका एक युवाको मृत्यु भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको हो।
वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान मृत फेला परेका थिए।
दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ ।