सिन्धुपाल्चोकमा एमाले अधिवेशन : नेतृत्व छान्न सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सिन्धुपाल्चोकमा एमाले अधिवेशन : नेतृत्व छान्न सकस

सिन्धुपाल्चोक । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशन उद्घाटन हुने दिन आउनै लाग्दा सिन्धुपाल्चोकमा राजनीतिक माहोल तातिएको छ । शुक्रबार बाह्रबिसेमा आयोजना हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जिल्ला सहसंयोजक बालकृष्ण देउजाले जानकारी दिए ।

पार्टीको विधान अनुसार प्रत्येक तीन/तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान भए पनि तीन तहको निर्वाचन र एमाले- माओवादीबीचको एकता पछि अधिवेशन भएको थिएन ।

संगठन विभागको नियमले तनाब !

जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेकपा एमाले संगठन विभागले जिल्ला कमिटीमा उमेदवारको हदबन्दी तोकेको छ । सामाजिक संजालमार्फत् उमेदवारी घोषणा गरेकाहरु एमाले संगठन विभागले जिल्ला सदस्य र पदाधिकारी उमेदवारको मापदण्ड तोके पछि तनावमा परेका छन् । 

यस्तो छ संगठन विभागले बनाएको नियम :

१. पदाधिकारीको लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा काम गरेको हुनुपर्ने 

२. जिल्ला कमिटी सदस्यको हकमा जिल्ला कमिटी , जिल्ला कमिटीको विभाग वा सो भन्दा तल्लो कमिटीमा एक कार्यकाल अनिवार्य काम गरेको हुनुपर्ने छ ।

३.एकता प्रक्रियामा समाहित हुनुभएका कमरेडहरुको हकमा भने विधानको धारा ६३ को (११) अनुसार हुनेछ  ।

नेतृत्व छान्नै सकस

जिल्ला नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि नेतृत्व छान्न सकस परेको छ । जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, वर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, गाउँपालिका महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठ लगायतले दाबी गरेका छन् ।

अध्यक्षको दाबी गर्दै आएका केदार क्षेत्रीले आफू कुनै पनि हालतमा पछि नहट्ने बताए । केन्द्रीय महाधिवेशनमा आफूलाई प्रदेश वा जिल्लामा उचित स्थान दिने आश्वासन आएकोले आफूपछि नहट्ने क्षेत्रीको दाबी छ ।

जिल्लामा स्पष्ट रुपमा दुई धार देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै १० बुँदै पक्षधर भन्दै दुई समूहमा चुनावीइ माहोल तातेको छ । 

ओली पक्षबाट अध्यक्षमा बालकृष्ण देउजा र  होम नारायण श्रेष्ठले दाबी गरिरहेका छन् भने सचिवमा जेपी सिलवाल ,चन्द्र थिङ, बिष्णुमणी आचार्यले दाबी गरिरहेका छन् । 

त्यस्तै १० बुँदे पक्षधरबाट अध्यक्षमा कमल नेपाल र केदार क्षेत्रीले दाबी गरिरहँदा उपाध्यक्षमा जरा लामा , सचिव कृष्ण गोपाल तामाङ, सोम बम्जन, ईन्द्र तामाङले दाबी गरिरहेका छन् । 

एमाले सिन्धुपाल्चोक अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५८७ बाट १०५ सदस्यीय कमिटी बनाउन एमालेलाई फलामको चिउरा चपाउनु सरह छ । लामो समय जिल्लाको नेतृत्व गरेका र सांसदसमेत रहेका पूराना नेता सुभाष कर्माचार्यले एमाले परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न नसकेको बताइएको छ । सिन्धुपाल्चोक माधव नेपाल एमालेमा रहँदा उनको प्रभाव क्षेत्र हो । तर उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा धेरैले साथ दिएनन् ।

अधिवेशनको पूर्व सन्ध्यामा पार्टी छोड्दै जिल्ला सदस्य

नेकपा एमालेका जिल्ला कमिटी सदस्य पूर्ण बहादुर तामाङ वाईवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला कमिटी सदस्यमा रेहका साँगाचोकका तामाङले विज्ञप्ति निकाल्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनले पार्टी भित्र देखापरेको व्यक्तिवादी अहमता, बिकृति, विंसँगती बढ्दै गएको भन्दै पार्टीसँगको आवद्धता साधारण सदस्य समेत नरहने गरी समाप्त भएको उनले घोषणा गरेका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);