काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ । केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणनाको तयारी गरेको छ । मतगणनाको तयारी भइरहँदा नेताहरु मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री बालकृष्ण खाड, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, युवा नेता गगन थापा राष्ट्रिय सभा गृहस्थित मतगणना हुने स्थानमा बसिरहेका छन् ।
गगन थापा आफ्नो पक्षको प्रतिनिधि खटाउनेदेखि कुन पदमा कति मत आउँला भनेर आंकलनमा लागेका छन् भने गृहमन्त्री खाड मतगणनाको सुरक्षाका विषयमा चासो राखिरहेका छन् ।नेता थापाले आचारसंहिता बनाएर फर्किने बताएका छन् । सभापति पदको मतगणनाका लागि सभागृहका साथै भृकुटीमण्डपको मतपेटिका ट्यांकी समेत मतगणना स्थलमा ल्याइएको छ ।




