जम्मा ४६७९ मत खस्यो : सभापति जित्न २३४० मत आवश्यक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

जम्मा ४६७९ मत खस्यो : सभापति जित्न २३४० मत आवश्यक

काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज भएको मतदानमा करिब ४६७९ मत खसेको छ । नेपाली कांग्रसका ४७४३ मतदाता रहेकोमा करिब ४६७९ मत मात्रै खसेको हो । निर्वाचन समितिको आधिकारिक विवरण भने आउन बाँकी रहेको छ ।

६४ जना प्रतिनिधि अनुपस्थित रहेका छन् । मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समितिले जनाएको छ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ । खसेको मतको ५० प्रतिशत कटाउन सभापति उम्मेदवारले २३४० मत पाउनुपर्छ । आज सभापतिको मात्रै मतगणना हुनेछ । कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक हुन्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ ।

नेपाली कांग्रेसको यो महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);