कञ्चनपुरमा हात्तीको बथानले घर भत्कायो, भण्डारण गरेको अन्न सखाप | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ। हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु-याएको छ।

घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन्। दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताए। हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उहाँले बताउनुभयो।  घर भत्काएर अन्न र लताकपडामा नोक्सानी गरेपछि दुवै परिवारको विजोग भएको छ।

स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताए। राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए।

रातभर होहल्ला गर्दा, आगो बालेर तर्साउँदा र साइरन बजाउँदासमेत नभागेपछि तीन वटा हवाई फायर गरेपछि मात्र हात्तीको बथान पुनः निकुञ्जतर्फ लागेको छ टिकुराम डगौराले भने “हात्तीकै कारण रातभर जाग्राम बस्नुपरेको छ।” उनका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो। यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);