फेरी पोखरामा एक नेपाली सहित तीन जना भारतीय 'सुटर' पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

पोखरा, १८ कार्तिक । राजधानीमा भारतीय सुटर पक्राउ परेको साता दिन नबित्दै फेरी पोखरामा पनि एक नेपाली सहित ३ भारतीय सुटर पक्राउ परेका छन्।

हिजो शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा प्रहरीले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका सुटरहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सादा पोषाकमा रहेका प्रहरीले सुटरलाई पक्राउ गरुेका थिए। प्रहरीले उनीहरुको परिचय भने खुलाएको छैन। भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो।