गोविन्दराज जोशी विरुद्ध रामचन्द्र पौडेलको उजुरी | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले गोविन्दराज जोशी विरुद्ध उजुरी दर्ता गरेका छन् । पौडेलले भ्रष्टाचारीको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन दर्ता रद्ध गर्न उजुरी दर्ता गरेका छन्।

पौडेलले नेता जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले चुनाव लड्न अयोग्य रहेको दाबी गरेका छन्।

उनले जोशीलाई भ्रष्टचारी ठहर गर्ने अदालतको फैसला समेत उजुरीसँग पेश गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाइँदैन ।

कांग्रेसले टिकट नदिएपछि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

ताजा समाचार