१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

माल्दिभ्समा शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारत आठौं पटक च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक–एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले खेलको ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो । भारतको लागि यो उनको ८० औं गोल हो ।

खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए । यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ । तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);