राष्ट्र बैंकबाट थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

राष्ट्र बैंकबाट थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ ।
पछिल्लो समय बजारमा लगानी योग्य रकमको अभाव तरलता देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिएको हो ।

छोटो अवधिको ऋणका रुपमा १४ दिनका लागि थप २० अर्ब रुपैयाँ बजार पठाइएको बैंकले जनाएको छ । केहीदिन अघिमात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाइसकेको छ ।

आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस रिपोका लागि माग गर्न सक्नेछन् । हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);