चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

काठमाडौं । चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ।

चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। चीन सरकारले पाँच मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताइएको छ। उक्त सहायता नेपालमा कोभिड प्यानडेमिकको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ।

Leave a Reply

ताजा समाचार