इन्डोनेसियाको राजधानी जार्कातास्थित तेङ्गेराङ जेलमा भीषण आगालागी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

इन्डोनेसियाको राजधानी जार्कातास्थित तेङ्गेराङ जेलमा भीषण आगालागी

एजेन्सी । इन्डोनेसियाको राजधानी जार्काता नजिकैको एक जेलमा भीषण आगलागि हुँदा ४१ कैदीको मृत्यु भएको छ भने ७३ भन्दा बढी गम्भीर घाइते भएका छन् । ब्यान्टिन प्रान्तमा अवस्थित तेङ्गेराङ जेलमा स्थानिय समय अनुसार बुधबार विहान १ बजेर ४५ मिनेटमा जेलको ब्लक ३८ मा आगलागी भएको हो ।

आगलागी परेर मृत्यु हनेहरुमध्ये २ विदेशी कैदी समेत रहेको मानवअधिकार एवम कानुन मन्त्री यासोन्ना लाओलिले बताएको अन्तर्राष्ट्रि समाचार संस्थाहरुले उल्लेख गरेका छन् । इन्डोनेसियाको सरकारी अधिकारीका अनुसार विद्युतिय त्रुटी हुँदा आगलागी भएको हो ।

उनका अनुसार जेलमा क्षमता भन्दा बढी कैदी राखिएको र जेलभित्रका ढोकाहरु बन्द गरिएकोले ठुलो मानविय क्षती भएको बताइएको छ । जहाँ लागुऔषधसँग सम्बन्धित १२२ भन्दा बढी कैदी राखिएका थिए । उक्त जेलभित्र २ हजार ६ कैदी राखिएको स्थानिय सञ्चारमाध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);