देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार  | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार 

kaidi

काठमाडौं । देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन् ।

यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरु रहेको उनले जनाए । देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन् ।  देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए ।

‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);