अफगानिस्तानमा आफु विरोधीको बाहुलय रहेको पञ्जशीर प्रान्तसमेत कब्जा गरेको तालिवानीको दाबी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

अफगानिस्तानमा आफु विरोधीको बाहुलय रहेको पञ्जशीर प्रान्तसमेत कब्जा गरेको तालिवानीको दाबी

एजेन्सी । अफगानिस्तानमा तालिवान विरोधीहरुको बस्ती रहेको पञ्जशीर प्रान्तसमेत कब्जा गरेको तालिवानीले बताएको छ । देशका सबै पान्तकब्जा गरेपनिपन्जशीर कब्जागर्न तालिवानले सकेको थिएन । पञ्जशीर र तालिबान लडाकुबीच लडाइँ जारी रहेको छ ।

तालिबानले न्युजएजेन्सी रोयटर्ससँग कुराकानीगर्दै उनीहरूले सो क्षेत्रमापनि कब्जा जमाइसकेको दाबी गरेको छ । तर, उनीहरूको सामना गरिरहेका पञ्जशीरका मानिसहरूले भने सो कुरा अस्वीकार गरेका छन् । पञ्जशीरमा भएको भिडन्तमा सयौँले ज्यान गुमाइसकेको बताइएको छ।

राजधानी काबुलबाट उत्तरमा रहेको यो घाटी अफगानिस्तानको सबैभन्दा सानो प्रान्तहरू मध्ये एक हो । हाल तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त रहेको छ । सन् १९९६ देखि २००१ मा तालिबानको शासनको दौरानपनि यो क्षेत्र उनीहरूको नियन्त्रणमा कहिले पनि रहेन ।

पञ्जशीरको जनसंख्या २ लाख छ । यसको मध्य भागमा पञ्जशीर नदी बग्दछ । यो क्षेत्रका मानिसहरू बाहिरी शक्तिसँग बहादुरीले लड्नकालागि प्रतिष्ठा हासिल गरेका छन् । तालिबानको विरोध गरिरहेको यो प्रान्तमा अफगानिस्तानका पूर्व बलका सदस्य स्थानीय लडाकु सामेल छन् ।

यसको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरिरहेका छन् । उनको पिताले सन् १९८० को दशकमा सोभियत संघ र सन् १९९० को दशकमा तालिबानविरुद्ध सफलता पूर्वक लडाइँ लडेका थिए । भिडियो सन्देशमा अफगानिस्तानका पूर्व उपराष्ट्रपतिले पछिल्लो लडाइँमा दुवै पक्षमा हताहती भएको उल्लेख गरेका छन् ।

स्थिति कठिन भएपनि आफूहरूले आत्मसमर्पण नगर्ने उनको भनाइ छ ।

Leave a Reply

ताजा समाचार