काठमाडौं । मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालन हुन लागेको हो ।
‘कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने जानकारी गराउँदछौँ,’ मनकामना दर्शन प्रालिले भनेको छ .
कोरोना संक्रमणले गर्दा बन्द भएको सेवा पुनः सञ्चालन गर्न लागिएको हो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको यो सेवा लिन दैनिक हजाराैको भिड लाग्दै आएको थियो ।