यु–१९ एसिया कप फुटबल छनौटमा आज नेपाल किर्गिस्तानसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

काठमाडौं, १४ कार्तिक । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा आज नेपाल र किर्गिस्तान भिड्ने भएका छन्। खेल नेपाली समयअनुसार अहिले बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ।

यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ। यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन्।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन्। नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन्।