काठमाडौं । जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित निकालेको छ ।
शुक्रबार रातिको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३–२ गोल अन्तरले हराएको हो ।
दोस्रो जित निकाल्ने क्रममा डर्टमण्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिङ्घाम र एर्लिङ ब्राउट हाल्याण्डले एक–एक गोल गरे । यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक–एक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भएको एक गोल नै निर्णायक बन्यो ।
९० मिनेट पछि थपिएको समयमा हाल्याण्डले गोल गरेर टीमलाई ३–२ को रोमाञ्चक जित दिलाएका हुन् । तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड पहिलो स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ३ खेलबाट ४ अंक सहित चौथो स्थानमा छ ।
शनिबार जर्मन बुण्डेस लिगमा ६ खेल हुँदैछन् ।




