फेरि भासिन थाल्यो पोखरामा जमिन | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

फेरि भासिन थाल्यो पोखरामा जमिन

मदन गिरी,
कास्की । अविरल वर्षाका कारण पोखराको मुटु महेन्द्रपुलमा जमिन भासिएको छ । भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मूख्य सडकमा भ्वाङ परेको छ ।

अविरल वर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भासिएको हो ।

पोखरामा साँझपखबाट शुरु भएको भीषण वर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भासिएपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन् । पोखराको उतरी क्षेत्र विन्ध्यबासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन् ।

सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको छ । जमिन भास्सिने क्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको छ । सडक भास्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका छन् ।

रातिको समय जनैपूर्णिमाको बेला सडक भास्सिएर घर नै जोखिममा परेपछि स्थानीयवासीहरु पानीमा रुझ्दै र भिज्दै प्रहरीहरुसँगै भल तर्काउन लागि परेका थिए । अबिरल बर्षा का पोखरा १५ परोपकार वैदिक गुरुकुल आश्रम परिसरमा पनि जमिन भासिएको छ भने कुनै मानवीय क्षति भएको छैन ।

लगातारको वर्षात तथा सक्रिय मनशुन रहिरहेका बेला गत वर्षहरुमा झै यस वर्ष पनि जमिन भासिन थालेपछि स्थानिय त्रसित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);