काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ४ सय ३८ परीक्षण हुँदा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ९ सय ४६ पीसीआर परीक्षण मध्ये २ हजार ३ सय २१ संक्रमण र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय २६ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ४ सय २९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
हाल नेपालमा ४० हजार ५ सय सक्रिय संक्रमितहरु रहेका छन् ।




