राजधानीसहितका विभिन्न स्थानमा एक्कासी बढ्यो जाडो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ५ २०८१, सोमबार

काठमाडौँ, १२ कातिक । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा न्यूनतम तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ। गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा यो साताको बुधबार (८ कात्तिक) देखि तापक्रममा एक्कासि गिरावट आउन थालेको हो।

काठमाडौंको न्यूनतम तापक्रम बुधबार एक्कासि ९.८ डिग्रीमा झरेको थियो । शुक्रबार र शनिबार पनि तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कम छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ।

मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याए। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);