कालीगण्डकी कोरिडोर र बागलुङ कुश्मीसेरा सडक १० दिन देखि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

कालीगण्डकी कोरिडोर र बागलुङ कुश्मीसेरा सडक १० दिन देखि अवरुद्ध

बागलुङ । वर्षाको कारण पाहिरो जाँदा अवरुद्ध भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर र बागलुङ कुश्मीसेरा सडक १० दिन देखि ठप्प रहदा बागलुङको दक्षिण क्षेत्रका स्थानियले सास्ती खेप्प वाध्य भएका छन्।

बागलुङ जिल्लाको दक्षिण क्षेत्र अन्तर्गत को दुईवटा सडक ठूलो पहिरोको कारण सडक नै भासिएको कारण यातायात संचालन हुन नसक्दा दिनहुँ जसो यात्रा गर्ने सयौं सर्वसाधारणले सकस ब्यहोर्नु परेको छ ।

१० दिन अबरुद्ध राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगतको बागलुङ खण्डको सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सडक नखुलाउदा जिल्लाको दक्षिण भेगका जनता बिरामी लिएर सदरमुकाम उपचार गर्न आउन समेत नपाएको स्थानीयबासीले बताए ।

Leave a Reply