गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माद्वारा कार्यभार सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माद्वारा कार्यभार सुरु

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारस्थित आ–आफ्ना मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाट नियुक्ति पाउनु भएका उनीहरुले मंगलबार नै राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएपछि बुधबार कार्यभार सम्हालेकाे हो ।

कार्यभार सम्हाल्दै गृहमन्त्री खाँडले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले यसमा विशेष प्रबन्ध गरिने बताए ।

यसैगरी, अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ दिने निर्णय गरेका छन् । उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गर्दै यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध गराउन सहमति दिएका छन् ।

ऊर्जा मन्त्री पम्फा भुषाल र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै कार्यभार सम्हालेका छन् ।

Leave a Reply