किनकी नाटक अझै सकिएको छैन : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

किनकी नाटक अझै सकिएको छैन : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्विकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको टिप्पणी गरेका छन् ।

सवोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही फैसलाप्रति टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेल मंगलबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

पोखरेलले जनादेशबाट अस्विकृत भएको देउवालाई प्रधानमन्त्री बनाउनुको रहस्य अझै खुल्दै जाने बताएका छन् ।

उनले लेखेका छन्–‘जनादेशबाट अस्विकृत नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशःखुल्दै जानेछ । किनकी नाटक अझै सकिएको छैन ।’

Leave a Reply