काठमाडाैं । सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने उल्लेख छ । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको भन्ने खुलाइएको छैन ।
नन् डिस्क्लोजेवल एग्रिमेन्ट एनडीए अनुसार खोप खरीद गरिएको बताइएको छ । ४० लाख डोज खरिदका लागि सम्झौता भएको जनाइए पनि मन्त्रालयले पुष्टि गरिसकेको छैन । पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो ।
नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको बताइएको छ ।