विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख सापकोटा तर्फका अधिवक्ताले बहस गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख सापकोटा तर्फका अधिवक्ताले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका अधिवक्ताहरुको बहस सकिएको छ । सरकारी पक्षमा प्रधानमन्त्री ओली तर्फका अधिवक्ताको बहस शुक्रबार सकिएको हो ।

शुक्रबार प्रधानमन्त्री तफका ११ अधिवक्ताले बहस गरेसँगै उनीहरुलाई दिइएको समय पनि सकिएको छ । वरिष्ठ अधिवक्ताहरु रमेश गुरागाई, विष्णुमणि अधिकार, ईश्वरीप्रसाद भट्टराईलगायतका ११ अधिवक्ताले शुक्रबार प्रधानमन्त्रीका तर्फबाट बहस गरेका छन् ।

आइतबार सरकारी पक्षमध्ये समाभुख अग्नि सापकोटा तर्फका अधिवक्ताले बहस गर्ने छन् । सापकोटा तर्फका अधिवक्ताहरुलाई दुई घण्टाको समय दिईएको छ ।

यसअघि एक घण्टा समय दिइएको सभामुख तर्फका अधिवक्ताले समय थोरै भएकोमा असन्तुष्टि जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई घण्टा समय दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);