प्रतिनिधिसभा विघटनविरुद्ध रिटमथि आज पनि सुनुवाइ जारी, २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमथि आज पनि सुनुवाइ जारी, २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् ।

हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायीहरुलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ जना कानुन व्यवसायीलाई बहसको समय तोकिएको हो ।

आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०–३० मिनेट बहस गर्नुहुनेछ । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०–२० मिनेट बहस गर्नुहुनेछ भने अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको सुरुवती बहस आजै सकिनेछ ।

आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);