प्रधानमन्त्री ओलीले महाधिवशेनबाट निर्वाचित केन्द्रीय पदाधिकारीलाई मान्यता नदिएर पार्टी विभाजन गर्न तर्फ लाग्दै : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

प्रधानमन्त्री ओलीले महाधिवशेनबाट निर्वाचित केन्द्रीय पदाधिकारीलाई मान्यता नदिएर पार्टी विभाजन गर्न तर्फ लाग्दै : नेता रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवशेनबाट निर्वाचित केन्द्रीय पदाधिकारीलाई मान्यता नदिएर पार्टी विभाजन गर्न तर्फ लागेको बताएको छ ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तर्वार्ता दिँदै नेता रावलले ओली विभाजनको मनस्थितीबाट अघि बढेपनि आफूहरु भने एकताकै पहलमा लागेको जोड दिए ।

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्ने तर सोही महाधिवशेनबाट निर्वाचित आफू मात्रै पदमा हुने निर्णय तानाशाही जस्तै रहेको रावलको तर्क छ । ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्दै दशौँ महाधिवेशन आयोजक कमिटी बनाएको छ । तर सो निर्णयलाई सर्वोच्च अदालतले अवैध ठह¥याएको छ ।

अदालतको आदेशसँगै २८ फागुनयता महाधिवेशन आयोजक कमिटीमा एमालेको संस्थापन पक्षले लिएका संगठनात्मक र कारबाहीका निर्णय कानुनी रूपमा अवैध बनेका छन । नेता रावलसँग गरिएको पूरा अन्तर्वार्ता आज राति ९ बजे र पूनः प्रशारण शुक्रबार बिहान ९ बजे माउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्य हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);