मनाङ, ५ कार्तिक । एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ खबाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्। एमाले मनाङ क बाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका उनको नाम अन्तिममा आएर स्थायी कमिटीबाट काटिएपछि उनलेबागी उम्मेदवारी दिएका हुन्।
उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको हो। उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन्। “मलाई मनाङका जनताले मन पराएका छन्। म चुनावी तयारीमा जुटिसकेको छु। स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिए पनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,” मनाङे भन्छन्
राप्रपाको जिल्ला अध्यक्ष समेत रहेका दीपक मनाङे एमालेबाट चुनाव लड्न भन्दै केही समय अगाडिमात्रै राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए।




