दीपक मनाङ्गेले एमालेबाट पाएनन् टिकट, बागी उम्मेदवार बन्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, ५ कार्तिक । डन भनेर चिनिने दीपक मनाङेले नेकपा एमालेले प्रदेशसभा सदस्यको टिकट नदिएपछि बागी उम्मदेवारी दिने तयारी गरेका छन्। मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार बनाउन एमाले स्थायी कमिटीमा सहमति नजुटेको हो।

शुक्रबार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ। एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी हुन्। जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ।

राप्रपाको जिल्ला अध्यक्ष समेत रहेका दीपक मनाङे एमालेबाट चुनाव लड्न भन्दै केही समय अगाडिमात्रै राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);