कास्की । गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।
प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
असार १ गते भित्र बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था भएपनि अन्तिम समयमा सरकार परिवर्तन भएपछि हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन लागिएको हो ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले नीति तथा कार्यक्रमको तयारी गरिरहेको थियो । अन्तिम समयमा सरकार परिवर्तन भएका कारण मुख्यमन्त्री पोखरेलले गुरुङसँग छलफल गरेर नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् । यसअघि गुरुङ नेतृत्वको सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो ।
सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरी असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।