कर्णाली प्रदेशमा एमालेद्वारा मन्त्री थापाको राजीनामाको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

कर्णाली प्रदेशमा एमालेद्वारा मन्त्री थापाको राजीनामाको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध

karnali

काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्री अम्मर थापाको राजीनामा माग गर्दै कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आजैबाट सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठक सुरु भए लगत्तै कर्णाली प्रदेशका एमालेका संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री थापाको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

मन्त्री थापामाथि सरकारी कागजात किर्ते गरेको मुद्दा रहेको छ । मुद्दा चलेको व्यक्तिले सार्वजनिक पद धारण गर्न नपाईने व्यवस्था रहेको छ । नेकपा एमालेले मन्त्री थापालाई बाहिर पठाएपछि मात्र कार्यसूची अगाडि बढाउन माग गर्दै बैठक अवरुद्ध गरेका हुन् । बैठक अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।

Leave a Reply

ताजा समाचार