नागरिकता अध्यादेशविरुद्धको रिटमा सुनुवाई हुँदै, वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नागरिकता अध्यादेशविरुद्धको रिटमा सुनुवाई हुँदै, वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदै छ । नागरिकता अध्यादेश विरुद्ध परेका रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

राणाको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरु विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका थिए । सो अध्यादेशविरुद्ध ६ वटा रिट दर्ता भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);