महोत्तरी । निरन्तरको वर्षाले महोत्तरीका किसान समस्यामा परेका छन । साउने झरी झैँ हाबाहुरी र पानी परेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् । एक महिना अघि लगाएको मुग फल्ने बेलामा लगातारको बर्षा र हुरीले नष्ट भएका छन् । एकातिर कोरोना महामारी अर्को तर्फ प्रतिकुल वर्षाले समस्या निम्त्याएको किसानको गुनासो छ ।




