लामो समय पछि पानी पर्दा किसानलाई केही राहत | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

लामो समय पछि पानी पर्दा किसानलाई केही राहत

सर्लाही । लगातारको खडेरीले बालीनाली सुक्दै गएको सर्लाही सहित तराईका जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन्। मौसममा आएको परिवर्तनसँगै शुक्रबार राती तराईका विभिन्न जिल्लामा पानी परेको छ ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको वर्षाले केही राहत भएको चन्द्रनगर गाउँपालिका –१ का किसान भोला महतोले बताए। वर्षाले हरियो साग तरकारी बालीलाई लागि निकै फाइदा पुर्याएको पालिका कृषि शाखा प्रमुखहरुले बताएका छन् ।

सर्लाहीमा धेरै मात्रामा उखु,मकै र तरकारी खेत गर्ने बेला किसानलाई पानी केही फाइदा भए पनि पर्याप्त नभएको किसान दिनेश साहले बताए । सर्लाही सदरमुकाम मलङ्वा सहित विभिन्न स्थानमा ठुला अशिना पर्दा गोहु भित्र्याउने किसानलाई भने केही सास्ती भएको छ ।

Leave a Reply