रूपन्देहीमा २४ घण्टामा ५० संक्रमित थपिए, १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

रूपन्देहीमा २४ घण्टामा ५० संक्रमित थपिए, १ जनाको मृत्यु

सत्य नारायण मानन्धर
बुटबल ।
रुपन्देहीमा कोरोना संक्रमण घट्दै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । ८८८ नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरुभएदेखिकै सबैभन्दा कम संख्यामा संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९/९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

जिल्लामा अहिले सम्ममा ४३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने अहिले १८२० जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);