काठमाडौं। सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात भत्तामा सतप्रतिशत वृद्धि गर्ने भएको छ ।
प्रधानमन्त्री कार्यलय सिंहदरबारबाट अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजार पुर्याउने घोषणा गरेका छन् ।




