काठमाडौँ। एमाले नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन् । शनिबार सामाजिक संञ्जालमार्फत नेता भुसालले देउवालाई प्रधानमन्त्री बनाउनको लागि आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका हुन् ।
देउवाको विषयलाई हस्ताक्षर गरेको विषयलाई लिएर भइरहेको टिप्पणीबारे उनले उनले भनेका छन्, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’
उनले लोकतान्त्रिक स्थिरतका साथ बाँच्न चाहने नेपालको आकांक्षाका पक्षमा भएको भन्दै जसका लागि लाखौँ नेपालीको रगत र पसिना बगेको उल्लेख समेत गरेका छन् । गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता भंग, संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा संविधान असफल बनाउने षड्यन्त्र अन्तर्गत भइरहेको उनको निचोड नरहेको छ ।