काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले देशवासीका नाममा संवोधन गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले देशवासीको नाममा संवोधन गर्दे कोराना भाइरस नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले महामारीविरुद्ध रोग नियन्त्रणका लागि सरकारले स्वास्थ्य अध्यादेश जारी गरेको बताएका छन् । उनले कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई कहिँ कतैबाट हमला भएमा त्यस्ता ब्यक्तिलाई तत्काल कारवाही गर्न पनि निर्देशित गरेको बताए ।
त्यस्तै, प्रधानमन्त्रीले ओलीले कोरोना महामारीविरुद्धको अभियानमा सहयोग गर्नुहुने छिमेकि देशहरुलाई समेत धन्यवाद दिंदै विदेशमा रहेका नेपाली तथा एनआरएन संस्थाहरुलाई समेत सरकारको तर्फबाट धन्यवाद दिएका छन् ।