नेपाल चिकित्सक संघद्धारा कोभिड १९ संग लड्न थप तालिम दिइदैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

नेपाल चिकित्सक संघद्धारा कोभिड १९ संग लड्न थप तालिम दिइदैँ

काठमाडौँ। नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनका साझेदार संस्थाहरुसंग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन थालेको छ । बिहीबारदेखि शुरु भएको तालिम १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले बताए ।

एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई तालिम दिन सकिने बताइएको छ । तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने र संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने भन्ने विषय भएको कार्कीले बताएका छन् ।

सामान्य अवस्थामा समेत स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन लागेको भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारी स्वरुप तालिम सञ्चालन गर्न लागेको हो ।

चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

Leave a Reply