काठमाडौँ, १ कार्तिक । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको आकाश दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ ।
एयर ट्राफिक जाममा फसेका जहाजहरु अवतरणका लागि काठमाडौँको आकाशमै लामो समय रुमल्लिनु परेपछि अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ व्यवस्थापन माथि प्रश्न चिन्ह खडा भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दैनिक उडान तथा अवतरण क्षमता करिव ३ सय वटा जहाज हो । तर विगत केही वर्ष देखि यस विमानस्थलमा ४ सय ८० देखि ५ सय वटा जहाजको उडान तथा अवतरण भार परिरहेको छ ।
एकद्धार अर्थात वान वे धावनमार्ग भएको यहाँ आन्तरिक तथा अन्तराष्ट्रिय जहाजहरुले अवतरणका लागि एक घण्टासम्म आकाशमै पालो पर्खनु पर्ने वाध्यता छ ।
राजधानी भित्रको आकाशमा आइपुग्दा पनि आकाशमै घुम्नु पर्दा यात्रुहरु शशंकित हुने गरेका छन् ।
पछिल्लो वर्ष मात्रै नेपाल एयरलाइन्स लगायत विभिन्न निजी कम्पनीहरुवाट १५ वटा जहाजहरु थपिएका छन् ।
जहाज थपिएसगै दैनिक ४५ भन्दा वढि उडान पनि थपिएका छन् । तर विमानस्थलको पार्किङ देखि यात्रु कक्षको क्षमता भने जस्ताको त्यस्तै छ ।
यो विमानस्थल सधैजसो अस्तव्यस्त र भीडभाडयुक्त हुने गर्छ । जसका कारण जहाज सुरक्षीत अवतरण हुनेमा चुनौती थपिएको छ ।
हवाइ इन्धन र प्राविधिक तयारीमा संवेदनशिल रहे पनि विमानस्थल साँघुरो हुदाँ यसको व्यवस्थापन भने टट्कारो बनिसकेको विमान चालकहरुहरु बताँउछन् ।
उडानका क्रममा मौसम प्रतिकुल भइ भिजिविलिटि नहुँदा होल्ड भएका जहाजहरु अवतरणका क्रममा विमानस्थलका उडान संचालन विभागले निक्कै चुनौती खेप्नु परेको छ ।
तर, विमानस्थलको व्यवस्थापन तर्फ कुनै योजना नवनाएको सरकारले आगामी वर्ष थप आधादर्जन विमानहरु थप्न निजि कम्पनिहरुलाइ अनुमति दिइसकेको छ ।
वर्षेनी जस्तै भइरहने विमान दुर्घटनाले नेपाली आकाश असुरक्षीत बन्दै गएका बेला सरोकारवाला निकायले अन्तर्राष्ट्रिय विमानस्थलको संवेदशनशिलतामा गम्भीर हुन जरुरी छ ।




