माटोको ढिस्कोमा च्यापिएर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

राजविराज, १ कात्र्तिक । राजविराजमा एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

राजविराज बेल्हीचपेना गाउँपालिका–४ बस्ने तिहारका लागी घर आँगन लिपपोत गर्न माटो लिन गएकी ४० वर्षीया हेमनीदेवी यादवको मृत्यु भएको हो ।

मंगलबार साँझ नजिकैको गाँउमा माटो लिन गएकी यादवको माटोको ढिस्को खस्दा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परिक्षणका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।