काठमाडौं । आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो ।
आइशोलेसन शनिबार देखि सञ्चालनमा आउने निर्देशक डा. प्रदीप केसीले जानकारी दिए ।
आइशोलेसनमा कोभिड १९ संक्रमित बिरामीहरुका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रस्वास एक्सरसाईज र विभिन्न मनोसामाजिक परामर्श सहित उपाचार गरीने पनि डा. केसीले बताए । उनले भने – ‘आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रस्वास एक्सरसाईज, विभिन्न थेरापीहरु र बिरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामाग्रीमार्फत्बाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको लागि तयारी अवस्थामा छौँ ।’
आईशोलेसनमा ५० शैय्यामध्ये २५ शैय्यामा भने एचडियु बेड र हाईफ्लो अक्सिजनको समेत सुविधा भएको निर्देशक केसीले जानकारी दिए ।