सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

nepali congress

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुख व्यक्त गरेका छन् । मल्लको मंगलबार जेठ ४ गते निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मल्लको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सभापति देउवाले स्वर्गीय मल्लले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहने पनि बताएका छन् ।

मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);