रुपन्देहीमा ९ संक्रमितको मृत्यु, ५ सय १४ नयाँ सक्रमित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

रुपन्देहीमा ९ संक्रमितको मृत्यु, ५ सय १४ नयाँ सक्रमित

शशि पन्थी,

भैरहवा । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ को मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५ सय १४ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ६६ महिला, ९१ पुरुष संक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १७ महिला र २८ पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा ८२ महिला, ८३ पुरुष, सियारी गाउँपालिकामा १५ महिला, ४० पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा ११ महिला १५ पुरुष, मायादेवी गाउँपालिकामा ४ पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १५ महिला १५ पुरुष संक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ४ महिला, ६ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ९ महिला, ७ पुरुष सक्रमित भएका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ पुरुष, सुद्धोधन गाउँपालिकामा ६ पुरुष, कोटहीमाई गाउँपालिकामा १ पुरुष नयाँ सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देहीमा १३ हजार ७ सय ९४ निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ३६ र सक्रिय सक्रमितको संख्या ७ हजार ४ सय ८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);