भारतको दिल्लीमा एक हप्ताको लागि थपियो लकडाउन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

भारतको दिल्लीमा एक हप्ताको लागि थपियो लकडाउन

एजेन्सी। कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दे भारतको नयाँ दिल्लीमा थप एक हप्ताका लागि लकडाउन गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमा लकडाउन थपिएको बारेमा जानकारी दिएका छन । दिल्लीमा चलिरहेको लकडाउन अवधि सोमबार बिहान समाप्त हुनेछ। फेरि त्यहाँ थप एक हप्ता लकडाउन गर्ने निर्णय गरिएको मुख्यमन्त्री केजरीवालले बताएका हुन ।
दिल्लीमा हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमितहरु दर्ता भइरहेका छन्। शुक्रबार २४ घण्टामा जारी तथ्यांक अनुसार, कोरोना संक्रमणको कारण ३७५व्यक्तिको मृत्यु भएको छ।

यसैबीच, धेरै अस्पतालहरुबाट अक्सिजनको कमी कारण धेरै संक्रमितको अकालमा ज्यान समेत गुमाउनु परेको छ । शनिबार एक अस्पतालमा अक्सिजनको कमीले गर्दा १२ कोरोना संक्रमितको मृत्यु भएको बीबीसीमा जनाएको छ।

Leave a Reply

ताजा समाचार