झापा । सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बैशाख ७ गते उनले घरायसी बादबिबाद हुँदा घरमा रहेको तपेशले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।
घाईते पौडेलको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।