त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले मलेसियासँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आजको खेलमा नेपालले मलेसियासँग खेल्दैछ ।

सोमबारको खेलमा टस जितेको नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुर मैदानमा नेपालको टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । जसमा आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ ।

पहिलो खेलमा नेपालले नेदरल्द्ययान्ड्सलाई ९ विकेटले पराजित गर्दा दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

आजको खेलमा मलेसिया पहिलो जित निकाल्ने दाउमा छ । नेपाल भने यो खेल जित्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);